एचएच बजाजको नयाँ शोरुम अर्घाखाँचीमा

अर्घाखाँची, ११ वैशाख । बजाज मोटरसाइकलको नेपालस्थित अधिकृत बितरक एचएच बजाजले अर्घाखाँचीको सन्धिखर्कमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

एचएच बजाजले सन्धिखर्कमा बस्याल ब्रदर्स् अटोलिङ्क प्रालि सञ्चालनमा ल्याएको हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको विश्वास छ ।

शोरुमको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउने बताएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने ‘अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै ग्राहकहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here