सेञ्चुरी बैंकले २४ करोड अन्तरिम लाभांस वितरण गर्ने

काठमाडौं, २९ जेठ । सेञ्चुरी कमर्सिय बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट रु. २३ करोड ९८ लाख अन्तरिम लाभांश वितरण गर्ने भएको छ ।

विषम परिस्थितिमा शेयरधनी महानुभावहरुलाई केही राहत महसुस गराउने हेतुले यसअघि स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम अर्थात् रु. २५ करोड २४ लाख बाट आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस रकम करीब रु. २४ करोड २०७६ फागुन मसान्तसम्म कायम रहेका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको कायम चुक्ता पूँजी रु. ८ अर्ब ४१ करोड को ४.७५ प्रतिशतले हुन आउने रकम रु. ३९ करोड ९७ लाख वितरण गर्न स्वीकृती पाएकोमा कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकी अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको थियो ।

बैंकका अनुसार बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here