निजी र सरकारी कार्यालय दुई सिफ्टमा चल्ने, रेस्टुरेन्टबाट प्याकिङको सुविधा

काठमाडौं, २९ जेठ । सरकारले भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्नको लागि निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन्।

खतिवडाका अनुसार असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय तत्कालका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने खतिवडाले जानकारी गराएका छन् ।

यसैगरी रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको छ । रेस्टुरेन्ट खोल्न पाइने भएपनि त्यहाँ ग्राहकले भिडभाड गर्न पाउने छैनन् । ग्राहकले रेस्टुरेन्टसम्म पुगेर सुरक्षितरुपमा प्याकिङको अर्डर गरेर घर तथा अफिसमा लगेर खान सक्ने सरकारको निर्णय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here