टर्कीका ब्यवसायीलाई नेपालमा लगानी गर्न पर्यटन मन्त्री भट्टराईको आग्रह

काठमाण्डौं, २९ जेठ । टर्कीका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आग्रह गरेका छन् ।

बिहीबार आयोजित एक भर्चुअल बैठकमा उनले टर्कीका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन ।

मन्त्री भट्टराईले नेपालमा लगानी गर्ने प्रसस्तै अवसर भएको जनाउँदै अहिलेको संसदमा बहुमतले बनेको वर्तमान सरकार समृद्धि र विकासको लागि प्रतिबद्ध भएको बताए ।

सरकारको नारा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकोले समृद्ध नेपाल बनाउने कार्यमा सघाउन उनले टर्कीस ब्यवसायीलाई आग्रह गरेका छन ।

मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर भएको धारणा ब्यक्त गरेका छन ।

बैठकमा टर्कीका बैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक, नेपालमा टर्कीका राजदूत सकिर ओजान टोरुनलर र व्यापार परिषद अध्यक्ष मुस्तफा अकिनसिलर सहभाागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here