प्रेस ज्याकेटको दुरुपयोग नर्गन टीजेएफको आग्रह

काठमाडौं, ३० जेठ । प्रविधि पत्रकार मञ्च (टिजेएफ) ले प्रेस ज्याकेटको जथाभावी दुरुपयोग नर्गन आग्रह गरेको छ ।

बिहिबार भएको बालुवाटारमा भएको प्रदर्शनको क्रममा एक आन्दोलनकर्मीले टीजेएफको ज्याकेट लगाएको पाइएपछि शुक्रबार विज्ञप्ति निकाल्दै उक्त आग्रह गरेको हो ।

मञ्चमा सचिव गोपाल साउदद्धारा जारी विज्ञप्तिमा संस्थाले समाचार संकलनका सहजताको लागि दिइएको ज्याकेट प्रतिष्ठाको आँच आउने गरि र पत्रकारिता क्षेत्रलाई नै प्रश्न उठ्ने गरि दुरुपयोग भएको गम्भिर ध्यान आर्कषण भएको जनाएको छ ।

साथै उक्त ज्याकेट समाचार संकलनको क्रममा मात्र प्रयोग गरिदिन आग्रह गरिएको छ । ज्याकेट दुरुपयोगको बारेमा संस्थाले छानबिन समेत अगाडि बढाई सकेको उल्लेख गएिको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here