नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ पुग्यो

काठमाडौं, ३० जेठ । नुवाकोटमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार तादी गाउँपालिका-५ का खरानीटार क्वारेन्टिमा बसेका १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

उनी भारतबाट १७ दिन अघि आई क्वारेन्टिनमा बसेका थिए । उनलाई खरानीटारमा रहेको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । ककनी गाउँपालिकाका संक्रमित निको भएर घर फर्किसकेका छन ।

नुवाकोटको विदुर नगरपालिका,वेलकोटगढी नगरपालिका, ककनी गाउँपालिकार तारकेश्वर गाउँपालिकामा एक/एक र म्यागङ गाउँपालिकाका ३ जना उपचाररत नै रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here