‘दैनिक उठने राजश्वले सरकारको खर्च धान्ने अवस्था छैन, नगदको समस्या भयो’

काठमाडौं, ३२ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई चालू खर्च धान्न कठिन भएको जानकारी गराएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा राजश्व विधेयक बारे छलफलमा उठेका प्रश्नको जवाफदिँदै उनले दैनिक रुपमा उठ्ने राजश्वले सरकारको चालू खर्च व्यहोर्न नपुग्ने अवस्था रहेको बताएका हुन् ।

सरकारलाई अनिवार्य दायत्व धान्नका लागि रुपैयाँको समस्या परिरहेको जानकारी गराएका हुन्।

‘जेठमा सरकारको अनिवार्य दायित्व करिब ४० अर्बको छ,’ उनले भने, ‘भन्सारबाट मासिक करिब १५ अर्ब उठ्छ । केही अर्ब आन्तरिक राजश्व उठ्छ । बाँकी रकम जोहो गर्न हामीले थप प्रयास गर्नु पर्ने अवस्था छ ।’

अहिले लकडाउन खुकुलो बनाएसँगै व्यपार व्यवसाय क्रमशः चल्दै जाने भएकाले आगामी महिना (असार) मा भने राजश्व अशुली बढ्ने उनको भनाइ छ ।

लकडाउनका कारण राजश्व संकलन खुम्चिएपछि सरकारलाई पनि समस्या परेपछि आन्तरिक ऋण तथा सरकारी कोष तान्ने काम गरिरहेको छ। खतिवडाले पनि खासै प्रयोगमा नरहेका सरकारी कोष परिचालन गरेर व्यवस्थापन गरिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here