राष्ट्रपतिको चीन भ्रमण टोलीमा सिएनआईका अध्यक्ष समेत

सतिश कुमार मोर, अध्यक्ष सिएनआई

काठमाडाैं, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोर समेत रहेका छन् ।

भ्रमणको कार्यक्रम अनुसार राष्ट्रपतिको उपस्थितिमा उद्योग तथा व्यवसाय प्रवद्र्धनको लागि चिनियाँ परिषदद्वारा नेपाली प्रतिनिधि मण्डल र चिनियाँ लगानीकर्ता बीच आयोजना हुने सेमिनारमा परिसंघ अध्यक्ष सहभागी हुनेछन् ।

अध्यक्ष मोरले सीसीपीआईटीका पदाधिकारीहरुसँग बैशाख १३ गते छुट्टै भेटघाट गरी परिसंघ र उक्त संस्था बीचको सहकार्यमा नेपाल र चीनमा गरिने कार्यक्रमको विषयमा छलफल गर्नेछन् ।

परिसंघका अध्यक्ष मोरको पहलमा नवलपरासीमा चीन र नेपालको संयुक्त लगानीमा नेपालको अहिले सम्मकै ठूलो होङ्सी शिवम् सिमेन्ट उद्योगको स्थापना भइ सञ्चालनमा समेत आइसकेको छ । यसले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको राम्रो वातावरण भएको सन्देश दिएको छ ।

चीन नेपालको प्रमुख व्यापारिक साझेदार भएपनि नेपालले चीनसँग ठूलो व्यापारघाटा सहनु परेको छ । साथै राष्ट्रपतिको भ्रमणको क्रममा चीनसँग कनेक्टिभीटीको बारेमा हुने सहमति, समझदारीले पनि नेपालको औद्योगिकीकरणमा ठोस टेवा पुग्ने अपेक्षा परिसंघले लिएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here