यस्तो छ हिमालय एयरलाइन्सको ‘उद्धार’ उडानको भाडादर

काठमाडौं, १ असार । हिमालय एयरलाइन्सले विदेशबाट उद्धार गरेर ल्याइनेहरुका लागि लाग्ने भाडादर सार्वजनिक गरेको छ ।

एयरलाइन्सले जुन २० भित्रमा विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर’ उडानको मिति, टिकेटिङ एजेन्टको सुची र भाडादर सार्वजनिक गरेको हो ।

उसले तोकेको भाडा नेपाल एयरलाइन्सको भन्दा केही स्थानमा महँगो र केहीमा सस्तो देखिन्छ ।

हिमालयले सार्वजनिक गरेको भाडादर अनुसार कोलम्बो र मालेबाट काठमाडौंसम्मको भाडादर ३८० डलर तोकिएको छ ।

सो उडान जुन १६ (मंगलबार) हुनेछ । जुन १७ गते हिमालयको गन्तव्य ढाका, सिंगापुर र नोम पेङ छन् । ढाकाबाट काठामाडौं आउने यात्रुसँग हिमालयले १६५ डलर उठाउनेछ भने दुई स्थानबाट काठमाडौंसम्मको भाडादर समान ५२० डलर छ ।

साउदीबाट भने हिमालयले नेपाल एयरलाइन्सको भन्दा बढी भाडा तोक्दै ४६५ डलर तोकेको छ । त्यहाँ नेपाल एयरलाइन्सले ४३० डलर लिने जनाएको थियो । सिंगापुर र मलेसिया लगायतका देशमा भने नेपाल एयरलाइन्ससरहकै भाडा तोकिएको छ ।

उडान हुनका लागि ८० प्रतिशत सिट भरिएको हुनपर्ने उसले जनाएको छ । यात्रुले पिसिआर अथवा आरडीटी परीक्षणमा नेगेटिभ आएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here