‘खल्ती’ मोवाइल एपको एन्ड्रोइड प्लेटफर्ममा जोडिए १० लाख प्रयोगकर्ता, कुल ग्राहक १३ लाख

काठमाडौं, १ असार । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन् । ‘खल्ती’ले विगत तीन वर्षमा यो उपलब्धी हासिल गरेको कम्पनीले बताएको छ ।

प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको छ ।

उक्त एप झण्डै १ लाख पटक एप्पल डिभाइसहरूमा पनि डाउनलोड भएको छ । वेवपेज खल्ती डट कम पनि अनलाइन पेमेन्ट गर्न सकिन्छ । मोवाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको संख्या १३ लाख नाघेको छ ।

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत बर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो ।

मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’को प्रयोग गरिरहेको कम्पनीले एक विज्ञप्तिमार्फत बताएको छ ।

खल्तिका निर्देशक अमित अग्रवालका अनुसार सरकारले डिजिटल प्रविधिबाट भुक्तानी प्रक्रियालाइ प्रोत्साहन गरिरहेका बेला ‘खल्ती’मा सबै प्रकारका ब्यवसाय, संघसंस्था, सेवा प्रदायकलाइ जोड्दै हरेक कारोबारको भुक्तानी मोवाइलबाटै गर्न सक्ने बनाउन कम्पनी लागिरहेको छ ।

नेपाल दूरसंचार प्राधिकरणको गत चैतको तथ्याङ्क अनुसार नेपालमा मोबाईल प्रयोगकर्ताहरूको संख्या ३ करोड ७९ लाख ९० हजारभन्दा बढी छ । यो जनसंख्याको झण्डै १२७ प्रतिशत हो । यस्तै जनसंख्याको ५५ प्रतिशतले मोवाइलमा तीब्र गतिको इन्टरनेट सेवा प्रयोग गर्छन् । इन्टरनेट प्रयोगकर्ताको कुल संख्या ७३ प्रतिशतभन्दा बढी छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको पछिल्लो (चैत) तथ्याङ्क अनुसार १ करोड ६ लाख ७० हजार जना नेपालीहरुले मोबाईल बैंकिङ सेवा र ९ लाख ९२ हजार ७ सय २४ जनले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् । ‘खल्ती’ले बैंकिङ पहुँचमा नरहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याएर वित्तीय सेवा प्रदान गर्न अझै भूमिका खैल्ने कम्पनीले प्रण गरेको उसको भनाइ छ ।

कम्पनीले खल्ती नेपाली भर्सनमा पनि ल्याउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here