डाट्सन गाडीको अफर ‘बाइ नाउ पे इन २०२१’

काठमाडौं । डाट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले ‘बाइ नाउ पे इन २०२१’ योजना ल्याएको छ।

कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै ल्याएको योजना अन्तर्गत ग्राहकले गाडी किनिसकेपछि ६ महीनासम्म कुनै पनि ईएमआई तथा व्याज तिर्नुपर्ने छैन ।

उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनीले व्यहोर्ने र आकर्षक नगद छुट पनि उपलब्ध गराएको जनाएको छ।

डाट्सन रेडी गो ०.८ एल र १.० एल तथा डाट्सन गो शक्तिशाली १.२ एल इन्जिनका साथ बजारमा उपलब्ध छन्।

गाडीको खरीदमा गाडीका विभिन्न एक्सोसरिजहरुका साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुविधा, १ वर्षसम्मको सडक कर यो योजना अन्तर्गत उपलब्ध रहने जनाइएको छ।

यो अफर स्टकको उपलब्धता सम्म रहनेछ। साथै शर्तहरु लागू हुने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here