गोरखाका १० सहित गण्डकी प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

काठमाडौं, २ असार । गण्डकी प्रदेशमा १८ जना कोरोना संक्रमित थपिएका छन्।

स्याङ्जामा ४ जना, गोरखामा १० जना, नवलपरासी पूर्वमा २ जना, कास्कीमा १ जना र बाग्लुङमा १ जना नयाँ संक्रमित पुष्टि भएको हो।

भारतबाट फर्किएर विभिन्न जिल्लाका क्वारेन्टिनमा रहेका युवाहरूमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोदबिन्दु शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ।

थपिएका संक्रमितहरुमा स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका पुरुष रहेका छन्।

यस्तै गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९ र २५ वर्षका पुरुष र ३१ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ।

गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, नवलपुरको बिनय त्रिवेणी गाउँपालिकामा १ जना १८ वर्षका र मध्यबिन्दु नगरपालिकाका १ जना १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

पोखरा महानगरका १ जना २१ वर्षीय र बाग्लुङको ताराखोला गाउँपालिकाका १ जना ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

गण्डकीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २० जना निको भएर घर फर्किएका छन्।

नेपालभर भने ६ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। नेपालभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ र १ हजार ४१ जना संक्रमणमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here