थप ११७ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १ हजार १ सय ५८

काठमाडौं, २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशको विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।

कालिकोटबाट २४, दैलेखका ८ जना र सुर्खेतका २ छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, बाँकेबाट २९, नारायणी अस्पताल वीरगंजबाट ३, भीम अस्पताल भैरहवाबाट २६, दैलेखमा उपचाररत २५ संक्रमण मुक्त भएका हुन् । यीमध्ये ८ जना महिला हुन् भने १०९ जना पुरुष छन्।

योसहित नेपालमा हालसम्म १ हजार १ सय ५८ जना उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here