रेमिट्यान्स ६ प्रतिशतले घट्यो

काठमाडौं, २ असार । नेपाल भित्रिने रेमिट्यान्स वैशाखमा ६.१ प्रतिशतले घटेको छ। धेरै राष्ट्रमा कोरोना फैलिसकेकाले ती राष्ट्रमा पनि लकडाउन थियो। यही कारण नेपाल भित्रिने रेमिट्यान्स आप्रवाह घटेकोे हो। चालू आवको वैशाखसम्म नेपालमा करिब ६ खर्ब ८० अर्ब ८४ करोड रूपैयाँ रेमिट्यान्समार्फत मुलुक भित्रिएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण (रेमिटान्स) आप्रवाहमा ६.१ प्रतिशतले कमी आई ६८० अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।

खुद ट्रान्सफर आय (देशमा भित्रने र बाहिरिने रकमको अन्तर) मा ६.५ प्रतिशतले कमी आई ७७२ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here