मूल्यवृद्धि ६ प्रतिशत, तरकारी, फलफूल, दाल तथा गेडागुडीको वृद्धि उच्च

काठमाडौं, २ असार । अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो दश महिनाको तथ्यांक अनुसार गत बैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यबृछि ५.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२९ प्रतिशत रहेको थियो ।

गत बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ३.६७ प्रतिशत रहेको छ ।

बैशााख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

सो महिनामा काठमाडौं उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मूल्यबृद्धि रहेको छ ।

२०७६ बैशाखमा यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत, ४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मूल्यबृद्धि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here