चालु खाता १ खर्ब ५ अर्बभन्दा बढी घाटामा, शोधानान्तर वचत १२१ अर्ब

काठमाडौं, २ असार । चालु आर्थिक वर्षको १० महिनामा शोधानान्तर वचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना (साउनदेखि बैशाख मसान्तसम्म) को तथ्यांक अनुसार बैशाखसम्म १ खर्ब २० अर्ब ९० करोड रुपैयाँ शोधानान्तर वचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोड रुपैयाँ बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको १० महिनाको अवधिमा चालु खाता घाटा १ खर्ब ५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ९६ करोड रुपैयाँ रहेको चालु खाता घाटा चालु आवको सोही अवधिमा ९४ करोड रुपैयाँ रहेको छ ।

यो अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४९ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here