टिभिएसको नयाँ बिक्री योजना, ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’

काठमाडौं, ३ असार । टीभीएसले नयाँ बिक्री योजना सुरु गरेको छ । टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ नामक बिक्री योजना आरम्भ गरेको हो ।

योजनाअन्तर्गत टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले चारमध्ये एक प्रकारको सुविधा लिन सक्नेछन् । चार सुविधा ‘शून्य प्रतिशत ब्याजदर’, ‘शून्य प्रतिशत डाउनपेमेन्ट’ वा ‘स्कुटरमा १० हजार र मोटरसाइकलमा १२ हजार रुपैयाँ नगद छुट’ वा ‘अहिले किन्नुहोस् र पछि सरल मासिक भुक्तानी’ रहेका छन् ।

यसैगरी ग्राहकहरूले अनलाइन मार्फत् पनि टिभिएस मोटरसाइकल तथा स्कूटर खरीदको लागि अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्नेछ । ग्राहकहरूले टिभिएसको वेबसाइटमा गएर अनलाइन अर्डर गर्न पनि सक्नेछन् ।

योजना शुरू गर्दै जगदम्बा मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक श्री साहिल अग्रवालले भनेका छन्, ‘परिस्थिति विस्तारै सहज बन्दै गएको छ र अब जीवन फेरि सही ट्रयाकमा आउन लागेको छ । यसैले हाम्रा ग्राहकहरूलाई अबको यात्रा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो योजना अघि सारेका छौं । आशा छ, ग्राहकहरूले यस योजनाबाट भरपूर लाभ लिनु हुने नै छ ।’

अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम विश्वख्यिात कम्पनी टिभीएसले उत्पादन गरेका टिभीएस मोटरसाइकल तथा स्कूटरहरूमध्ये नेपालमा १०० देखि ३१० सी सी सम्म उपलब्ध छन् । विश्वका ६२ देशमा उपलब्ध टिभीएस ब्राण्डका मोटर साइकल तथा स्कूटरहरू नेपालमा भारत तथा इण्डोनेशीयामा निर्मित मजबुत, आकर्षक र स्टाइलिस डिजाइनमा उपलब्ध छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here