चीनसँगको झडपमा मारिने भारतीय सेनाको नाम सार्वजनिक

काठमाडौं, ३ असार । सोमबार राती लद्दाखको गलवान उपत्यकामा चीन र भारतको सेनाबीच भएको झडपमा मारिने २० भारतीय सैनिकको नाम सार्वजनिक भएको छ ।

झडपमा मारिएका एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाहीसहितको नाम सार्वजनिक भएको हो ।

चिसो ठाउँमा भएको झडपमा घाइते भएका सैनिकको उपचार भारतले समयमै गर्न नसकेको र चिसोकै कारण उनीहरुको ज्यान गएको हुनसक्ने माउन्टेन वारफेयर (पर्वतीय युद्धकला) का जानकारहरुले दाबी गरेका छन् ।

तर चीनका तर्फबाट आफ्ना सैनिक हताहत भएकाबारे अहिलेसम्म पुष्टि भएको छैन।
मारिनेमा
१. एम- कर्णेल बी सन्तोष बाबु- हैदराबाद

२. एस- नायक सुबेदार नुदुरम सोरेन- मयूरभन्ज

३. एम- नायक सुबेदार मन्दीप सिंह- पटियाला

४. एक्स- नायक सुबेदार सतनाम सिंह- गुरदासपुर

५. वाई- हवल्दार के. पालानी- मदुरई

६. एन- हवल्दार सुनील कुमार- पटना

७. एन- हवल्दार विपुल राय- मेरठ सिटी

८. के- नायक दीपक कुमार- रीवा

९. सिपाही राजेश ओरांग- बीरभूम

११. वाय- सिपाही कुन्दनकुमार ओझा- साहेबगन्‍ज

११. सिपाही गणेश राम- कांकेर

१२. सिपाही चन्द्राकान्ता प्रधान- कंधमाल

१३. सिपाही अंकुश- हमीरपुर

१४. सिपाही गुरबिंदर- संगरुर

१५. सिपाही गुरतेज सिंह- मनसा

१६. सिपाही चन्दन कुमार- भोजपुर

१७. सिपाही कुन्दन कुमार- सहरसा

१८. सिपाही अमन कुमार- समस्तीपुर

१९. सिपाही जयकिशोर सिंह- वैशाली

२०. सिपाही गणेश हंसदा- पूर्वी सिंहभूम रहेका छन् । भारतीय सेनाले सो रात दुई पटकसम्म दुई देशबीचको सीमा छुट्याउने ‘लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)’ पार गरेर आक्रमण थालेपछि आफूहरुले प्रतिवाद गरेको चीनले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here