कोरोनाको उपचारमा ‘हाइड्रोक्सिक्लोरोक्वीन’ प्रयोगमा पुनः रोक, ‘डेक्सामेथासोन’ प्रति सकारात्मक

काठमाडौं, ४ असार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका संक्रमितको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षणमा पुनः रोक लगाएको छ ।

विभिन्न देशमा गरिएका परीक्षणमा यो औषधिले कोरोना संक्रमितलाई कुनै फाइदा नपुगेको देखिएको भन्दै डब्लूएचओले फेरि यसमा रोक लगाएको हो।

हाइड्रोक्सिक्लोरोक्वीनले एन्टीभाइरल इफेक्ट उत्पादन गर्ने र त्यसले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्ने पक्षमा प्रमाण नभेटिएको भन्दै एफडिएले हाइड्रोक्सिक्लोरोक्वीनलाई आपतकालीन उपचारमा प्रयोग हुने सूचिबाट हटाएको दुई दिनपछि डब्लुएचओले पनि परीक्षण रोकेको हो ।

केही दिनअघि मात्र कोरोना संक्रमितमा मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन परीक्षण खुला गरेको थियो।

द लानसेट जर्नलमा केही समयअघि प्रकाशित अनुसान्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीलाई सहयोग गुर्नको साटो मृत्युको जोखिम बढाउने र गम्भीर खालको मुटु सम्बन्धी समस्या हुने देखिएपछि डब्लुएचओले मानवीय परीक्षणमा रोक लगाएको थियो।

यसअघि सोमबार अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसका संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचिबाट हटाएको थियो ।

मानवीय परीक्षणबाट प्राप्त पछिल्ला प्रमाणले हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने नदेखिएको एफडिएले उल्लेख गरेको थियो ।

यसैबिच डब्लुएचओले पनि कोरोना भाइरसका संक्रमितको उपचारमा डेक्सामेथासोनको प्रभाव राम्रो देखिएको बताएको छ । डब्लुएचओका प्रमुखले स्टेरोयड डेक्सामेथासोन गम्भीर बिरामीलाई फाइदा गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here