इन्भेष्टमेन्ट बैंकले इटालीबाट फिर्ता ल्यायो बैंक ग्यारेन्टीवापतको २ अर्ब

काठमाडौं, ४ असार । तनहुँ जलविद्युत आयोजनामा बैंक ग्यारेन्टीवापतकाे २ अर्ब रुपैयाँ नेपाल इन्भेस्टमेन्ट बैंकले फिर्ता ल्याएको छ।

बैंकले एक विज्ञप्ति जारी गर्दै ग्यारेन्टीवापतको रकम प्राप्त भएको जनाएको हाे।

ठेकेदार कम्पनी सिएमसीले बीचमै काम छोडेर भागेपछि यसअघि बैंकमार्फत जारी भएको ग्यारेन्टीवापतको रकम जोखिममा परेको थियो।

आयोजना निर्माणका लागि नेपाल इन्भेष्टमेन्टलाई इन्टेसा सनपाओलोले २ अर्ब बराबरको रकम बैंक ग्यारेन्टी जारी गरेको थियो।

इटालीको अदालत ट्राइबुनले डि बोलोग्नाका तीन न्यायाधीशको संयूक्त इजलासले गत जुन ९ मा इन्टेसामार्फत इन्भेष्टमेन्टलाई रकम तिर्नुपर्ने फैसला गरेको थियो।

गत सेप्टेम्बर २०१८ मा तनहुँ जलविद्युत् लिमिटेडका पक्षमा इटालीको इन्टेन्सा सन्पाओला एसपीएले आफ्नो ग्राहक ओअपरेटिभा मुराटोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)– सीएमसी दे रेभेना सोसाइटाका लागि नेपाल इन्भेस्टमेन्ट बैंकलाई ८५ करोड १४ लाख १६ हजार १२७ रुपैयाँ र युरो ८७ लाख ४९ हजार २३९ युरो (कुल रकम २ अर्ब १० करोड रुपैयाँ) को काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

न्भेष्टमेण्ट बैंकले सन् २०१९ फेब्रुअरीमा तनहुँ जलविद्युत्का तर्फबाट ठेकेदार कम्पनी सीमएसीले आफ्नो करारअन्तर्गतको दायित्व उल्लंघन गरेको दाबी प्राप्त ग¥यो । इन्टेन्सा सन्पाओला एसपीएमाथि बैंक ग्यारेन्टी राशीका लागि इन्भेष्टमेण्ट बैंकले माग दाबी गरेपछि उसले इटालीको ट्रिबुनल डे बोलोनाको आदेश भन्दैै रकम भुक्तानीका लागि अस्वीकार ग¥यो ।

त्यसपछि इन्भेष्टमेण्ट बैंकले तनहुँ जलविद्युत्को मागलाई बैंक ग्यारेन्टीको सर्त मुताबिक तत्कालै भुक्तानी गर्न बाध्य थियो ।

यो विषयमा लामो अदालती मुद्दापछि ट्रिबुनाले बोलांगाको पूर्ण इजालसले ९ जुन २०२० (२७ जेठ २०७७)मा यसअघिको इन्टेन्सा सन्पाओला एसपीएले इनभेष्टमेण्टलाई बैंक ग्यारेन्टी रकम तिर्नबाट रोक्ने आदेशलाई खारेज गरेको थियो। ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here