महंगियो अमेरिकी डलरको भाउ, एक डलर बराबर १ सय २२ रुपैयाँ १३ पैसा

काठमाडौं, ५ असार । डलरको मुल्य फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १३ पैसा निर्धारण गरेको छ।

यस्तै राष्ट्र बैंकले यूरो एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रुपैयाँ ३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७८पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८३ रूपैयाँ ५४ पैसा र बिक्रीदर ८३ रूपैयाँ ९५ पैसा रहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएको छ । त्यसको प्रत्यक्ष मार नेपाली रुपैयालाई पनि परेको छ किनभने नेपाल र भारतबीचमा स्थीर विनिमय दर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here