प्रतिबन्धित मरिच आयात खुला, छोकडा, केराउ र मदिरामा प्रतिबन्ध कायमै

काठमाडौं, ५ जेठ । सरकारले औद्योगिक प्रयोजनका लागि मरिच आयात खुला गरेको छ।

अर्थ एवं संचार तथा सुचना प्रविधिमन्त्री डा युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद निर्णय सुनाउँदै औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुने मरिच आयात प्रतिबन्ध फुकुवा गरिएको बताए।

उनका अनुसार आवश्यक कच्चा पदार्थका रूपमा उद्योगको उत्पादन क्षमता र खपतको प्रवृतिका आधारमा उद्योग विभागबाट प्रमाणित परिमाण मात्रै आयात गर्न पाइनेछ।

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ को उपदफा २ बमोजिम २०७६ चैत २४ गतेको राजपत्रमा मरिच, केराउ, छोकडा, मदिरालगायत वस्तुहरुको आयात प्रतिबन्ध लगाएको सूचना प्रकाशित गरेको थियो।

सरकारले छोकडा र केराउ आयातमा भने प्रतिबन्ध कायमै राखेको छ भने विदेशी मदिराको पनि प्रतिबन्ध खुला गरेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here