बैंकर्स संघको माग, बैंकले पनि बीमा गर्न पाउने व्यवस्था होस

काठमाडौं ५, असार । बैंकले पनि बीमा गर्न पाउने व्यवस्था गर्न राष्ट्र बैंक समक्ष बैंकर्स संघले माग गरेको छ । सर्वसाधारणमा बीमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकलाई बिमा गर्न पाउने व्यवस्था माग गरेको हो ।

यो सम्बन्धमा अध्ययन गरी यसअघि नै सुझाब दिइसकेको उल्लेख गर्दै आगामी मौद्रिक नीतिमा सो व्यवस्था माग गरिएको हो ।

बैंकहरुले बैंकासुरेन्स सेवा प्रदान गर्दा मुलुकको लगभग सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच भएको अवस्थामा ग्राहकहरुले सहज र सरल रुपमा एउटै स्थानवाट सेवा पाउने र यसले बीमाको दायरा बढ्ने दाबी संघले गरेको छ ।

गत वर्षसम्म बैंकले बिमा गर्न पाउथे । यसले विकृति बढाएको भन्दै राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति मार्फत उक्त व्यवस्था हटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here