१० महिनामा २७ करोड ९४ लाखको बेसार आयात

काठमाडौं, ६ असार । नेपालको जलवायु बेसार खेतीका उपयुक्त भएता पनि केही वर्षयता बेसारको आयात भने बढ्दो क्रममा रहेको छ ।

नेपालका केही उच्च हिमाली बाहेक प्रायः जिल्लाका धेरै–थोरै स्थानमा बेसार खेती हुने सरकारी तथ्यांक छ ।

नेपालमा बेसारले उचित बजार नपाएको गुनासो सुनिएपनि नेपालमा बाहिरबाट चालु आर्थिक वर्षको १० महिनामा २७ करोड भन्दा धेरैको बेसार आयत भएको छ ।

भन्सार विभागले तथ्यांक अनुसार नेपालले चालु आर्थिक वर्षको १० महिनामा भारत र म्यानमारबाट २७ करोड ९४ लाख रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ ।

नेपालीले खाने बेसार अधिकाशं नेपालमै उत्पादन हुने भएपनि भारत र म्यानमारबाट पनि बेसार आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।

तथ्यांक अनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको छ ।

मुख्यतः मसला बालीका रूपमा प्रयोग हुने बेसार खाद्य रङका रूपमा उपयोग गरिन्छ । विभिन्न सौन्दर्य सामग्री तथा औषधि बनाउन पनि यसको प्रयोग उच्च छ ।

राष्ट्रिय सभामा सांसदहरुले विनियोजन विधेयकमाथि उठाएका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सुत्केरी र गर्भवतीलाई बेसार नखान सुझाव दिएसँगै सामाजिक सञ्जालमा बेसारको बारेका अनेकौ चर्चा हुन थालेको छ । कसैले प्रधानमन्त्रीको भनाइलाई सहि मानेका छन् भने कसैले व्यंगको रुपमा उडाइ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here