भारतमा कोरोनाबाट एक नेपालीको मृत्यु

दोधारा, ७ असार । रोजगारीको सिलसिलामा भारत गएका एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ घर भएका दिल्लीको एक कारखानामा रोजगारी गर्दै आएका वर्ष ४५ का अमर सिंह भन्डारीको मृत्यु भएको आफन्तजनहरुले जनाएका छन् ।

रोजगारीको सिलसिलामा रहेका भण्डारीको आफु बस्ने कोठामा बिरामी हुन थालेपछि उपचारको लागी अस्पताल गएका थिए । अस्पतालले उनलाई कोरोना संक्रमित भएको पुष्टि गरेपछि उपचारकै क्रममा उनको भारतको दिल्लीमा मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् । ३छोरीको बुवा भण्डारीको आर्थिक अवस्था दयानिय रहदै आएको बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here