उपत्यकाका यी खोला/नदीमा जलसतह बढ्दो,बाढीको सम्भावना, उच्च सतर्कता अपनाऔं

काठमाडौं, ८ असार । काठमाडौं उपत्यकामा आइतबार रातीदेखि मध्यम–भारी वर्षा भइरहेकाले विभिन्न नदीरखोलामा बाढी आउने सम्भावना रहेको भन्दै होसियारी अपनाउन आह्वान गरेको छ।

पछिल्लो ३ घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम भारी वर्षा भइरहेकाले बागमती, मनोहरा, हनुमन्ते, विष्णुमती, नख्खुलगायत उपत्यका र आसपास भई बहने ससाना नदीमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाको सूचना उल्लेख गरिएको छ ।

केहीमा सतर्कतासम्म पुग्न सक्ने, नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं, सोमबार बिहानै सूचना जारी गर्दै महाशाखाले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here