भारतमा कोरोना संक्रमित र मृत्यु दुवैमा नयाँ रेकर्ड, महाराष्ट्रमा अध्याधिक

काठमाडौं, ८ असार । भारतमा कोरोना संक्रमित र मृत्यु दुवैमा नयाँ रेकर्ड बनेको छ ।

आइतवार एकै दिन भारतमा १५ हजार ३ सय ७२ कोरोनाका नयाँ संक्रमित भेटिएसँगै संक्रमितको रेकर्ड बनेको हो । एकैदिन ४ सय २३ जना मानिसले ज्यान गुमाएका छन्।

यससँगै भारतमा संक्रमितको संख्या ४ लाख २६ हजार ३ सय ९७ पुगेको छ। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार ६ सय ९५ पुगेको छ।

संक्रमित र मृत्यु दुवैका महाराष्ट्रमा अध्याधिक बढेको हो। त्यहाँ ३ हजार ८ सय ७० नयाँ संक्रमित थपिएका छन् । संक्रमित र मृत्यु दुवैका महाराष्ट्रमा अध्याधिक बढेको हो।

त्यहाँ ३ हजार ८ सय ७० नयाँ संक्रमित थपिए। भारतको कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा १ लाख ३२ हजार ७५ जना संक्रमित छन्।

हिजो त्यहाँमात्रै १ सय ८६ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here