स्वादिलो, रसिलो फल लिची खानुका फाइदा

काठमाडौं । गर्मी शुरु भएसँगै लिचीको सिजन पनि शुरु भइसकेको छ । बजारका फलफूल पसल लिचीका झुप्पाहरु सजाउँदै व्यपारीहरु लिचीको व्यापारमा व्यस्त बन्न थालेको पाइन्छ ।

गर्मी महिनामा पाहिने फलफूल मध्ये लिची पनि एक हो ।

लिची स्वादका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । लिचीमा भिटामिन ए, सी र बी, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, आइरन लगायतका पोषण तत्वहरु पाइन्छ ।

लिची खाँदा अनुहारमा निखार आउँछ भने चाउरिपन पनि हट्छ । लिचीमा पाइने क्याल्सियम, फस्फोरसले बच्चाको शारीरिक गठनमा महत्वपुर्ण भूमिका खेल्छ ।

लिची आनामा मुटु स्वस्थ हुन्छ भने क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ । जसले मलद्धारमा हुने क्यान्सरको खतरा हुँदैन । चिसो लागेको छ र घाटीमा दुकेको छ भने पनि लिची खानु लाभदायक हुन्छ ।

धेरै फाइदाजनक भएपनि लिची सिमित मात्रमा मात्र खानुपर्छ । धेरै खाँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक पटकमा १०–११ वटा लिची खानु लाभदायक हुन्छ । यो भन्दा धेरै खाएमा टाउको दुख्छ भने शरीर चिलाउने, जिब्रो र ओठ सुन्निनुका साथै सास फेर्न समेत कठिन हुन्छ ।

लिचीका फाइदाहरु यस्ता छन्

–तौल नियन्त्रण गर्न

–रोगसँग लड्ने क्षमता बढाउन

–गर्मीमा पानीको अभाव परीपूर्ती गर्न

–लिचीमा हुने क्याल्सियम, फस्फोरसले बालबालिकाको शारीरिक विकासमा सहयोग पुर्‍याउँछ,

–हरेक दिन लिची खाने बानीले शरीरमा अनावश्यक कोशिका उत्पादन हुन दिँदैन र क्यान्सर हुनबाट बच्न सकिन्छ,

–अल्सर, पेट फुल्ने, वान्ता हुने र झाडापखाला लाग्नबाट बचाउँछ ।

एजेन्सीको सहयोगमा