१२ वर्ष पछि नयाँ एक्सप्रेस म्यूजिक फोन ‘नोकिया ५३१०’ बजारमा

काठमाडौं । नेपाली बजारमा लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजिक मोबाइल १२ वर्ष पछि नयाँ नोकिया ५३१० को रुपमा आएको छ।

नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि. ले यो मोबाइल नेपाली बजारमा ल्याएको छ। म्यूजिकको लागी अलग पहिचान बनाएको एक्सप्रेस म्यूजीक मोबाइल एक दशक अगाडि ग्राहकवर्गहरुद्धारा अधिक रुचाइएको थियो।

नोकिया ५३१० फिचर फोन अहिले पनि उच्चस्तरीय म्युजीक क्वालिटीलाई ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको हुनाले संगीतका पारखीहरुका लागी एकदम उपयुक्त हने कम्पनीको दावी छ।

नोकिया ५३१० फोनमा वायरलेस एफ. एम. रेडियो छ जुन एयरफोन लगाएर पनि सुन्न सकिन्छ। यसको बक्समा एयरफोन पनि राखिएको छ। यसमा २.४ इन्चको क्यूभीजीए डिस्प्ले र पछाडि भीजीए क्यामरा, नोकिया सिरिज ३०+ अपरेटिगं सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एम.एम. अडियो ज्याक, ३.० ब्लूटूथ र १२०० एमएएच को बदल्न मिल्ने ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ।

नोकिया ५३१० को बजार मूल्य रु.५,४४९/ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ। साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here