लकडाउनकै बीच सीमा क्षेत्रमा माछा देखी सूर्तिजन्य पदार्थसम्मको तस्करी

दोधारा, १० असार । सरकारले गरेको लकडाउन संगै नेपाल–भारत शिलगरेपछि मध्यरातीको समयमा तस्करहरुले हार्डवेयर लगायतका किराना पसलका समान तस्करी गर्न थालेका छन् ।

भारतिय सीमावर्ती बजारबाट अबैधरुपमा ल्याएका सामग्रीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको फाईदा लिदै तस्करहरुले माहाकाली नगरपालिकाको वडा नं. १० कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती, वडा नं. ८ सुन्दरनगर, वडा नं. ७ कञ्चनभोज, वडा नं. ३ पुर्णागिरी टोल, न्याउली बजार क्षेत्रबाट भारतिय सिमावर्ती बजारबाट अबैधरुपमा ब्यापारिक समान आउने गरेको खबर पाएपछि सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले चौबिसै घण्टा सीमा क्षेत्रमा निगरानी बढाएका छन् ।

अपरान्ह सिमावर्ती भारतिय बजारबाट माहाकाली नगरपालिका क्षेत्रमा बिक्रि बितरण गर्न ल्याएको झण्डै ८० केजी सडेगलेका पन्कज माछा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

बिशेष सुराकीको आधारमा माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर नजिक सिमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको गस्ती टोलीले सिमावर्ती भारतिय बजारबाट नेपाल भित्र्याउदै गरेको झण्डै ८० केजी सडेगलेको माछा बरामद गरेको थियो ।

सशस्त्र प्रहरीको गस्तीलाई देखेर साईकलमा सवार तस्कर माछा छोडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले लकडाउनको बेला गैर कानुनी रुपमा सीमा क्षेत्रमा हुने गैरकानुनी गतिबिधी गर्ने समुहहरुलाई तह लगाईरहेको बताए ।

सशस्त्र प्रहरीले कञ्चनपुरको सीमा क्षेत्रमा अवैध गतिबिधी नियन्त्रण गरेपछि तस्करहरु हैरान हुन थालेका छन् ।

भारत संग सिमाना जोडिएको दोधारा चाँदनीको क्षेत्रमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउदै सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधी, कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा सकारात्मक कार्य गर्दै आएको स्थानियहरुले बताएका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षकमा राम सिंह भण्डारीको आगमन पछि सीमा क्षेत्रमा अपराधिक गतिबिधी कम हुनुको साथै कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा सशस्त्र प्रहरीले उल्लेखनिय भुमिका निर्वाह गरेको स्थानियको ठहर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here