उपत्यकामा थप दुई जनामा कोरोना संक्रमण

काठमाडौं, १० असार । पछिल्लो २४ घण्टामा उपत्यकामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा काठमाडौंका एक पुरुष र पाटन अस्पताल ललितपुरको प्रयोगशालमा गरिएको परीक्षणमा भक्तपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको हो।

योसहित नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ। बुधबार मात्र ६२९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । जसमा यो सहित संक्रमण मुक्त हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ । कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here