नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २५ पुग्यो

काठमाडौं, ११ असार । नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको बुधवार राती मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोनाबाट ज्याउ गुमाउनेको संख्या २५ पुगेको छ।

आइसियूमा उपचाररत स्याङ्जा सिरुवा घर भएका ५५ वर्षीय पुरुष असार ८ गते अस्पताल भर्ना भएका थिए। उनमा कोरोना पोजेटिभ देखिएको थियो। ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ।