पछिल्लो २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ४३४ जनामा कोरोना पुष्टि भएको हो ।

अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म २ हजार ६५० जना कोरोना संक्रमित निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here