बिहार राज्यमा चट्याङ लागेर एकैदिन ८३ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरी राज्य विहारमा चट्याङका कारण ८३ जनाको ज्यान गएको छ ।

बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्ला दिन चट्याङ लागेर २३ जिल्लामा गरी ८३ जनाको मृत्यु भएको हो । विभागका अनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ ।

त्यहाँ १३ जनाको मृत्यु भएको छ । त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको छ । यसबाहेक सिवानमा ६, भागलपुरमा ६, पूर्वी चम्पारणमा ५, दरभंगा र बाँकामा ५–५ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिमी चम्पारणमा २ जनाको मृत्यु भएको जनाइएको छ ।

विहार सरकारले मृत्यु भएकाहरुको परिवारलाई राहतस्वरुप ४- ४ लाख रुपैँया दिने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here