दोधारा चाँदनीमा क्वारेन्टिनबाट घर फर्किएका १३ जनामा कोरोना पुष्टि

दोधारा, १२ असार । माहाकाली नगरपालिकामा एकै दिन १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

प्रदेश सरकारको निर्णय अनुसार कोरोनाको कुनै पनि लक्षण देखा नपरे पछि घर फर्किएका १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

पिसिआरको स्वाब संकलन पछि धेरै दिन पछि रिर्पोट नआएपछि उनिहरुलाई घर पठाईएको थियो ।
माहाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महरा अनुसार ३७ जना मध्य १३ जनाको पिसिआर रिर्पोट पोजिटिभ आएको बताएका छन् ।

संक्रमित रहेका ३० वर्ष, ३२ वर्षको २ जना, ३९ वर्षको २ जना, ४० वर्ष, २५ वर्ष, ५६ वर्ष, १९ वर्ष र २० वर्षका रहेका छन् । त्यस मध्य २ जना ३० र ५० वर्षका महिला समेत रहेका छन् ।

यो सहति माहाकाली नगरपालिका क्षेत्रमा भारतबाट आएका मध्य २२ जनाको कारोना पुष्टि भएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here