काठमाडौं टोखाका एक पुरुष सहित कर्णालीमा थप २६ जनामा कोरोना

काठमाडौं, १२ असार । काठमाडौंका एक पुरुष सहित कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा शुक्रबार दिउँसो १ २७ बजे सार्वजनिक विज्ञप्ति अनुसार जुम्लामा रहेका काठमाडौं टोखा निवासी २९ वर्षीय पुरुष सहित ७ जिल्लाका २६ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सुर्खेतका १३, दैलेखका ५, सल्यानका ३, जाजरकोटका २ र जुम्लाका १ जना मा कोरोना संक्रमण देखिएको हो। यो सहित कर्णाली प्रदेशमा हालसम्म १ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here