धितोपत्र बजार खोल्न लगानीकर्ता संघ सहमत, कुनै बहानामा बन्द नगर्ने निर्णय

काठमाडौं, १२ असार । नेपाल धितोपत्र बोर्डद्धारा गठित कमिटी र लगानीकर्ताका संघसंगठनका बीच आगामी सातादेखि धितोपत्र बजार खोल्ने सहमति भएको छ।

शुुक्रबार बोर्डको कार्यालयमा सम्पन्न कमिटी र लगानीकर्ता संघसंगठनका नेताहरुबीच भएको छलफलमा सकारात्मक माहौलका साथ बजार खोल्ने तयारीमा छलफल भएको हो ।

यस अघि बजार सुधार र विकासका लागि आवश्यक काम नगरी बजार खुला गरे आन्दोलन गर्ने घोषणा गरेका लगानीकर्ताहरुले शुक्रबार भने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

छलफलका क्रममा आगामी दिनमा कुनै पनि बहानामा बजार बन्द नगर्ने प्रतिवद्धता बोर्ड र लगानीकर्ता दुबैले व्यक्त गरेका छन् ।

छलफलमा नेपाल इन्भेष्टर्स फोरमबाट अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी, सेयर लगानीकर्ता दबाब समूहबाट अध्यक्ष तिलक कोइराला र सचिव गोपाल स्वामी सहभागी थिए ।

छलफलमा हाल मौजुुदा अनलाइन कारोबार र रकम हस्तान्तरणका माध्यमहरुकै कारण घरमै बसेर पनि धितोपत्र कारोबार सम्पन्न हुुनसक्ने बैठकको निष्कर्ष छ।

अबोप्रान्त धितोपत्र बजार बन्द नगर्ने व्यवस्था मिलाउन र धितोपत्र कारोबारका विषयमा आम लगानीकर्ताहरुलाई सुसूचित गर्ने र घरमै बसेर लगानीकर्ताहरुले धितोपत्र खरिदबिक्री गर्न प्रोत्साहित गर्ने निर्णय भएको छ।

छलफलमा नेप्सेको अनलाईन कारोबार प्रणालीमा केहि सुधार भएको अवस्थामा युजर नेम र पासवर्ड प्राप्त गर्ने , तत्कालका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड कनेक्ट आइपिएस सेवा वा उपयुक्त विद्युतिय माध्यम प्रयोग गर्ने , सिडिएसीले तोकेका क्लियरिङ बैंकहरुको इन्टरनेट बैंकिङ सेवा तथा सिडिएससीको मेरो सेयर सुविधा प्राप्त गरेपश्चात विद्युतिय माध्यमबाट रकम भुक्तानी गर्न र पू्राप्त गर्न समस्या नरहेकाले बजार सुचारु गराउन सकिने बोर्ड र लगानीकर्ता संघले निष्कर्ष निकालेका छन् ।

लगानीकर्ता सम्बन्धी संघसंस्थाका नेताले बजार बन्द गर्ने गरी बोर्ड समक्ष सम्झौता गरेपनि लकडाउन पश्चात बन्द अवस्थामा रहेको सेयर बजार कहिले खुल्छ भन्नेमा अझै अन्यौल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here