नवीन कम्पनीको शीर्ष स्थानमा एप्पलको कब्जा, हुवावे ४२ स्थानमाथि उक्लियो

काठमाडौं, १२ असार । सन् २०२० का लागि विश्वका नवीनतम कम्पनीहरुको सूची प्रकाशित भएको छ ।

बोस्टन परामर्श समूह बीसीजीले सार्वजनिक गरेको रिपोर्टअनुसार ५० नवीन कम्पनीको सूचीमा एप्पल शीर्ष स्थानमा रहेको छ ।

दोस्रोमा अल्फाबेट, तेस्रोमा अमेजन चौथोमा माइक्रोसफ्ट, पाँचौमा सामसुङ र हुवावे छैटौं स्थानमा रहेको छ । त्यसैगरि ह्वावे भन्दा पछाडि प्रमुख १० को सूचीमा अलिबाबा, आईबीएम, सोनी र फेसबुक रहेका छन् ।

ग्लोबल अग्रणी आईसीटी पूर्वाधार प्रदायक हुवावे बीसीजीको हालसालै जारी गरिएको सूचीमा छैटौं स्थानमा छ, जुन ४२ स्थानले माथि सरेको हो।

२०१२ मा पहिलो पटक सूची बनाएदेखि हुवावेको लागि यो स्थान अहिले सम्मको उच्च रहेको छ।

१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो।

विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरणहरूको आपूर्तिकर्ताको रूपमाहुवावेले लगातार आफ्नो वार्षिक राजस्वको १० प्रतिशतभन्दा बढी भाग आरएण्डडिलाई लगानी गर्ने गरेको छ ।२०१९ मा कम्पनीको आरएण्डडि खर्च जम्मा १ लाख ३१ हजार ६५९ मिलियन रहेको छ ।

जसको कुल राजस्व १५.३ प्रतिशत रहेको छ ।

सूची बनाउने व्यहोरा २५,००० ग्लोबल इनोवेशन एग्जिक्युटिभ्सको एक सर्वेक्षणमा आधारित छ र ग्लोबल ‘माइन्डशेर’, उद्योग अवरोध, उद्योग पियर दृश्य र मूल्यनिर्माणको चार आयाममा कम्पनीको प्रदर्शन मूल्यांकन गर्दछ ।

यस बर्ष बीसीजीले एक नयाँ स्कोरिंग आयाम पनि थपेको छ जुनले प्रत्येक कम्पनीको विविधता र उल्लेखनीय कार्यको दर समेट्छ साथै स्थापित उद्योग प्रवेश बाधा उल्लंघन गर्ने र यो बाहिरको बजारमा सहभागी हुने क्षमताको आकलन गर्दछ ।

बीसीजीको सबैभन्दा नवीन कम्पनीहरूको लागि सर्वेक्षण २००५ मा शुरू भएको थियो र यस वर्षको रिपोर्ट बीसीजीको १४ औं संस्करण हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here