आकाश शर्मा
चतराधाम, १३ असार । सरकारले विभिन्न देशबाट उद्धार गरी ल्याईएका मध्ये जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्र’ मा करिब १५ सय जना नेपालीलाई राखिएको छ ।
एक साताको अवधिमा कुवेत, मलेसिया, ओमन र बंगलादेश, सिंगापुर, कतार लगायत विभिन्न देशबाट उद्धार गरि नेपाल ल्याइएका ५ सय महिला र १ हजार पुरुष गरि करिब १५ सय जना नेपाली कामदारहरु ‘होल्डिङ् केन्द्र’ मा आइपुगेका हुन् ।
यसअघि पनि पटक-पटक गरि करिब ६ सय जना ‘होल्डिङ् केन्द्र’मा आइपुगेको थिए ।
उनिहरु झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा ,ओखलढुंगा भोजपुर आसपासका नै रहेका छन् ।
बिगत ८ बर्ष देखि श्रीराम नामको अखण्ड किर्तन भइरहेको रामानन्दाचार्य सेवा पीठमा आई पुगेकाहरुले आफू घरमै आईपुगेको भन्दै खुशी व्यक्त गरेका थिए ।
होल्डिङ व्यवस्थापन समितिले उनीहरूलाई कडा निगरानीको साथ सम्बन्धित जिल्लासँग समन्वय गरेर घर पठाइने जनाएको छ । ‘होल्डिङ् केन्द्र’ बाट फर्किएर क्वारेन्टिमा बसेको केहिमा कोरोना संक्रमण देखिएपछि उच्च सर्तकता अपनाइएको छ ।
यसअघि यसअघि जेठ ३० गते कुवेतबाट उद्धार गरी ल्याइएका महिला कामदारमध्ये ९३ जना र त्यसपछि पटक-पटक ल्याइएकका उनिहरुलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर घर पठाइ सकिएको छ ।
सेवापीठले विश्वभर फैलिएको कोरोना माहामारीको कारण विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि आश्रमको ६० कोठा उपलब्ध गराएको छ ।
श्रीरामानन्दाचार्य सेवापीठ भवनको ६० कोठामा १ सय ८० बेडको आइसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी आयुर्वेदिक डक्टरहरू र मेडिकल टिम रहेका छन् ।
जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ भित्र पसेर हेर माथि उठेर सोच भन्ने नारा साथ हरेक व्यक्ति भित्र रहेको अन्तर उर्जाशक्तिलाइ ध्यानको माध्यमबाट उत्थान गर्ने र हरित क्रान्तिको माध्यमबाट समाज र देश आत्मा निर्भर बन्न प्रेरित गर्ने महायोगी सिद्धबाबाको बिचार र लक्ष्यका साथ अघि बढेको संस्था हो ।
स्वच्छ नेपाल, स्वस्थ नेपाल, स्वरोजगार नेपाल,समृद्ध नेपाल, सु-संस्कारी नेपाल आपसी भाइचारा,हरित क्रान्ति आपसी सद्भावको अभियान नै मुल उदेश्य रहेको छ ।
श्रीरामानन्दाचार्य सेवापीठ स्वास्थ्य,शिक्षा,संस्कार,समृद्धि र शान्ति -‘पञ्च स’ लाइ मुलमन्त्र मानेर पाशुपत सिद्ध महायोगको माध्यमबाट मनुष्यमा देवत्व जगाउने अभियानमा लागि परिरहेको संस्था हो । साथै देशमा आयुर्वेद विश्वविद्यालयको स्थापनाको लागि संस्था सक्रिय रहँदै आएको छ ।
सेवापीठका पिठाधिश्वर महायोगी सिद्धबाबा स्वयं एक अयुर्वेदिक अनि नाडी विज्ञ (आयुर्वेदिक डाक्टर) हुन् । जसले असङ्ख्य बिकट स्थानमा गएर प्रत्यक्ष उपस्थित भइ मानवजातिको दिन रात भोक प्यास नभनी अहोरात्र सेवा गरेका छन् ।