लकडाउन खुकुलो भएपनि नेपालमा ११ प्रतिशत बढि मानिस घरभित्रै

फाइलफोटो

काठमाडौं, १४ असार । सरकारले असार १ गतेदेखि लकडाउन केही खुकुलो बनाएको छ।

कोरोना संक्रमित संख्या धेरै भएका जिल्लामा भने पूर्ण लकडाउनको नीति नै अपनाइएको छ।

संक्रमित कम भएका क्षेत्रमा भने मोडालिटी तय गर्दै हिँड्डुल गर्न व्यापार व्यवसाय संचालन गर्न छुट दिइएको छ।

सरकारले लकडाउन सहज गरेसँगै काठमाडौं लगायत अन्य ठाँउमा चहलपहल बढेको छ। यद्यपि ११ प्रतिशत बढि नेपाली अझैपनि घरभित्रै रहेका छन् ।

गूगलले सार्वजनिक गरेको कोभिड १९ कम्युनिटी मोबिलिटी रिपोर्टका सामान्य अवस्थाको तुलनामा ११ प्रतिशत बढि मानिसहरु घरमा नै रहेका छन् ।

गूगलले आफ्नो गूगल म्याप्सको लोकेसन हिस्ट्रिको आधारमा मासिकरुपमा यस्तो डाटा प्रकाशन गरेको हो ।

कम्पनीले हालै सार्वजनिक गरेको मे १२ तारिखदेखि जून २३ तारिखसम्मको डाटाअनुसार सामान्य अवस्थाको तुलनामा अझैपनि मानिसहरु रेष्टुरेन्ट, क्याफे तथा घुमघामका लागि जानेहरु ३५ प्रतिशत कम रहेका छन्।

रेष्टुरेन्ट, होटल, क्याफेहर अझैपनि बन्द नै रहेका छन् । स्कुल, कलेज जाने विद्यार्थीहरु पनि घर भित्र नै बस्न बाध्य भएका छन् । सार्वजनिक यातायातको साधन प्रयोग गर्नेहरु बढि रहेका छन् ।

साना सवारीका जोरबिजोर प्रणालीमा लागू भएकै कारण कार्यालयहरु खुलेपनि सबै घर बाहिर जान सकेका छैनन् । लकडाउनले अति आवश्यकभन्दा बाहेकको उद्योग चैत ११ गतेदेखि बैशाख २६ गतेसम्म पूर्णरुपमा बन्द भए पनि निजी क्षेत्र र सरकारबीचको छलफल पछि ४४ प्रकारका उद्योग सञ्चालन गर्ने निर्णय भएको थियो ।

तर सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका अधिकांश उद्योगहरु सञ्चालनमा पनि समस्या नै थियो । सरकारले पूर्णरुपमा उद्योग सञ्चालन गर्ने भने पनि विभिन्न समस्याको कारणले केही मात्र उद्योग सञ्चालन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here