उपत्यका बाहिर जाने पास लिन नयाँ नियम, यस्तो छ सवारी पासको ढाँचा

काठमाडौं, १४ असार । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ।

कार्यालयले उपत्यका बाहिर जानका लागि सवारी पास पाउन निवेदकले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको नयाँ ढाँचा अनुसारको निवेदन दिनुपर्ने व्यवस्था गरिएको जनाएको हो ।

ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ।

कार्यालयले सकभर आफैले प्रिन्ट गरेर निवेदन भर्न आग्रह गरेको छ । आफैँले प्रिन्ट गर्न नसकेमा भने ५ रुपैयाँभन्दा धेरै रकममा नबेच्न र नकिन्न आग्रह गरिएको छ ।

निवदेनसँग निवेदकले स्थानीय तहको सिफारिस वा यात्रा प्रयोजनका लागि खुल्ने कागजातको फोटोकपी पनि सामेल गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र कार्यालयले उपत्यका बाहिर जाने सवारी पास जारी गर्ने जनाएको छ ।

यस्ताे छ सवारी पासकाे लागि आवेदनकाे ढाँचा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here