बालबालिकाले गरे मानव सभ्यताको अनुसन्धान

काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट ६ देखि १५ वर्षका बालबालिकाहरूले तीन महिनासम्म नेपाल तथा विश्व मानव सभ्यताको अनुसन्धान गरेका छन् ।

। स्पाईनी व्याबलर ईभोलुशनको अनलाइन इ–शिक्षामा संल्गन बालबालिकाहरूले प्रभावकारी सुनाई, प्रासंगिक प्रश्नगराई, नोट लेखाई, विश्लेषण, सहयोगात्मक अध्ययन, सहकार्य तथा समन्वय जस्ता आवश्यक सीप लाइभ लेक्चर, भिडियो, रचनात्मक र प्राविधिक लेखाई, प्रस्तुतीकरण, कला, तथा अनलाईन अध्ययन समूह मार्फत सिक्ने मौका पाएका हुन् ।

मानविय मनोवैज्ञानिक विकास बाल्यावस्था, किशोरवस्था, वयस्क देखि वृद्धावस्थासम्म कसरी हुन्छ बुझ्दै व्यक्ति, परिवार, कुल, समुदाय, जनजातिले कसरी भोजन, व्यापार, भाषा, संस्कृति, र शासन प्रणालीको आधार बनाएर सभ्यता नै बन्नसक्यो भन्ने छलफलमा भएको थियो ।

६० लाख वर्षको मानव इतिहास पढ्दै आर्डिपिथेकस, Ardipithecus, Australopithecus, Paranthropus हुँदै कसरी होमो मानवको विकास भयो बुझेर होमो सेपियन अफ्रिकामा १६०,००० वर्ष अगाडी उदय भयो र ९० हजार वर्ष अगाडी कसरी पहिलो मानव प्रवासी लोप भए भन्नेबारे उनिहरूले जानकारी हासिल
गरे ।

आधुनिक मानव विश्वभर फैलिने क्रममा १२,५०० वर्ष अगाडी कृषि प्रणालीको शुरूवात र त्यसको लगभग ६००० वर्ष पछि मेसोपोटामियाको सभ्यताको उदय जाने र स्वयं अनुसन्धान गर्दै उनिहरूले ग्रीक शा«ङ्ग, इजिप्सियन, हारप्पान आदि २५ सभ्यता प्रस्तुत गरे ।

मानव सभ्यतालाई संभव बनाउने १३ मुख्य नदी अफ्रिकामा नाईल, दक्षिण अमेरीकामा अमाजोन, एशियामा इन्डेस र्टाइग्रीस ह्वाङ्गहो, गंगा, युरोपमा मस्कभा आदीको एतिहासिक ज्ञानका साथै अत्याधुनिक स्याटलाईट चित्र प्रयोग गरी अनुसन्धान र प्रस्तुतीकरण गरेका थिए ।

समय, सिमाना, धर्म, संस्कृति छिचोल्दै बालबालिकाहरूले यिनै सभ्यतामा आफुलाई राखेर कथाहरू लेखे ।

स्पाईनी ब्याबलरले कोरोना भाइरस संकटको पहिलो महिनामा ५०,००० शिक्षा तथा मनोरञ्जन सामाग्री अनलाइन नेपाल भरीका बालबालिकालाई निशुल्क प्रदान गरेको थियो ।

गुगल शिक्षा सुईट, राष्ट्रि«य तथा अन्र्तराष्ट्रि«य शिक्षक, फोन, भिडियो च्याट प्रयोग गरेर कार्यक्रमले बालबालिका तथा अभिभावकहरूलाई व्यक्तिगत परार्मस सहयोग तथा अन्तरक्रिया गराउँदै आएको छ ।

स्पाईनी व्याबलर इभोलुशनको वेवसाईट www.evl.edu.np मा थप जानकारी लिएर https://bit.ly/37TTp2F मा फारम भरेर यहाँहरूले आफ्ना बालबालिकालाई ११ मानव प्रणालीको क्षेत्रमा भर्ना गराउन सक्नु हुनेछ । मासिक रू २५०० फिस लाग्ने कक्षामा दिनको १ घण्टा बालबालिकाहरूले दिनु पर्नेछ ।

अब आउने तीन महिनामा स्पाईनी व्यावलर ईभोलुसले विज्ञान क्षेत्रमा ११ मानव प्रणाली सम्बन्धि अनलाईन कक्षा संचालन गर्नेछ ।

मानव कोष हुँदै मांसपेसी, पाचन, रक्त, स्वास आदी प्रणाली र यिनीहरूको अन्तरसम्बन्धबारे लेक्चर, भिडियो, प्रस्तुती, छलफल, आदी कृयाकलाप हुनेछन् ।

रक्त संचारको अध्यायमा हड्डी भित्र कसरी रगत बन्छ, रगतमा भएका आरबिसी, डव्लुबिसी, प्लाजमा, प्लेटलेटले के गर्दछन्, रगतले पाचन प्रणालीबाट कसरी पौष्टिक आहार लिन्छ र कोष कोषमा पु¥याउँछ, कसरी यसले कोषबाट फोहर र कार्वन डाईअक्साईड सोहर्छ, कसरी रगत मृगौलाले सफा गर्छ, फोक्सोमा गएर कार्बन डाईअक्साइड फालेर अक्सिजन लिने प्रक्रिया र मुटुले के गर्छ जस्ता विषयमा जानकारी दिईनेछ तथा गति पनि प्रयोग गरी ।

कोलम्बिया युनिभरसिटीबाट शिक्षामा मास्टर डिग्री प्राप्त टेरी मिलर, कोरनेल युनिभरसिटी इ–लरनिङ्घ प्रोग्रामकी क्यारी शियरर, जोन्स हपकिन्सबाट डबल एमडी पेडीयाट्रीक्स र इन्टरनल मेडीसीन डा. जोनथन राइसम्यान, बाल विशेषज्ञ डा. बसुधा खनाल, र स्पाईनी ब्यावलरका संस्थापक पल्लव रन्जन तथा ईभोलुसन हाई स्कूलका प्रीन्सीपल भगवती सापकोटाहरूले पाठयक्रम तथा सिकाईलाई सहजिकरण गर्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here