एनआईसी एशिया लघुवित्तको सेयरमा मागभन्दा ५ गुणा बढी आवेदन

काठमाडौं, १४ असार । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद सकिएको छ ।

असार १० गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा अन्तिम दिन आइतबारसम्म मागभन्दा ५ गुणाभन्दा बढी कित्ताका लागि आवेदन परेको छ ।

जसमा ४ लाख १२ हजार ३३२ जनाले आइपीओ आवेदन गरेका हुुन् । उनीहरूले २ करोड २९ लाख ६८ हजार ८ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।

सो अवधिसम्ममा २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

उक्त डाटामा आश्वा सदस्यका बैंकहरुबाट केहि थपिन सक्ने क्यापिटलले जानकारी गराएको छ ।

संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here