कोरोना निको पार्ने औषधि बनेको भनेर भ्रम छरेको आरोपमा रामदेवसहित ५ जनाविरुद्ध उजुरी

काठमाडौं, १५ असार । योग गुरु रामदेवसहित पाँच जनाविरुद्ध उजुरी परेको छ।

भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार कोरोनाविरुद्ध औषधि बनाएको भनेर भ्रम छरेको अरोपमा रामदेवसहित उनीद्वारा स्थापित पतञ्जलि आयुर्वेद लिमिटेड सीईओ आचार्य बालकृष्ण, त्यसैका कर्मचारी अनुराग वार्ष्णेय, नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एन्ड रिसर्च (एनआईएमएस) का अध्यक्ष बलवीरसिंह तोमर र निर्देशक अनुरागसिंह तमोरविरुद्ध प्रहरीमा उजुरी परेको हो।

केही व्यक्तिले गरेको गुनासाका आधारमा जयपुरस्थित ज्योति नगर प्रहरी स्टेसनमा वकिल बलवीर जाखडले शनिबार उनीहरूविरुद्ध उजुरी दर्ता गरेका हुन्। रामदेवसहित पाँच व्यक्तिविरुद्ध भारतीय दण्ड संहिताको धारा ४२० (धोखाधडी) र औषधि एवं चामत्कारिक उपचार (आपत्तिजनक विज्ञापन) अधिनियम, १९५४ को धारा ४ (७) बमोजिम उजुरी गरिएको हो।

पतञ्जलि कम्पनीले हालै कोरोना निको पार्ने भन्दै कारोनिल भन्ने औषधि सार्वजनिक गरेको थियो। पतञ्जलिले जयपुरस्थित एनआईएमएससँग मिलेर यो औषधि परीक्षण गरिएको र कोरोना निको पार्ने देखिएको दाबी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here