कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नाघ्यो, ५६ लाख संक्रमण मुक्त

काठमाडौं, १६ असार । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ६० हजारभन्दा बढी संक्रमित थपिएका छन् । एकै दिन १ लाख ६० हजार ३६३ जना संक्रमित थपिएसँगै कोरोना संक्रमण हुनेको संख्या १ करोड ४ लाख २ हजार ३८९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४०२ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५१५ पुगेको छ ।

संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५६ लाख ४७ हजार ३२९ पुगेको छ भने ४२ लाख ४७ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here