नागरिकता विधेयकविरुद्ध जनता समाजवादीको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १६ असार । संसदीय समितिबाट पारित नेपालको नागरिकता (पहिलो संशोधन) ऐन २०७७ फिर्ता लिन माग गर्दै जनता समाजवादी पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।

जसपा (राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) का शीर्ष नेताहरू नागरिकता विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् ।

विरोध प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेताहरु पनि सहभागी थिए।

विदेशबाट बिहे गरेर नेपाल ल्याएकी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गरिने तर नेपाली युवतीसँग विवाह गरेर नेपालमै बस्न चाहने युवकको लागि व्यवस्था नभएको भन्दै विरोध प्रदर्शन भएको हो।

माइतीघरबाट बाजागाजासहित बानेश्वरसम्म गरिएको प्रदर्शनका क्रममा उनीहरूले जातीय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारासमेत लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here