काठमाडौं, १६ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा ९ महिला र ५१ पुरुष गरि थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ।
कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ।