२५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागि एनएमबि बैंकले गर्‍यो सम्झौता

काठमाडौं, १७ असार । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगमबाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र आइएफसीका एक्टिङ रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् ।

यो समझदारीसँगै एनएमबि दुई वर्षको अवधिमा आइएफसीबाट लगातार दुईपटक कर्जा प्राप्त गर्ने नेपालको बैंक बनेको हो ।

आइएफसीबाट ल्याउने उक्त रकम कोरोनाका कारण समस्यामा परेका साना तथा मझौला उद्यमी वर्गका लागि आवश्यक कर्जाको आपूर्ति गर्नुका साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने बैंकको दाबी छ । साथै हरित परियोजनाहरूको सशक्तीकरणमा सघाउ पुर्याउन सदुपयोग गरिने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here