निर्जीवन बीमा कम्पनी: लकडाउनमा कुनले कति आर्जन गरे बीमा शुल्क ?

काठमाडौं, १७ असार । लकडाउनको तीन महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ६८ करोड बीमा बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार चैतमा १ अर्ब ६० करोड, बैशाखमा १ अर्ब र जेठमा २ अर्ब ८ करोड रुपैयाँ गरी तीन महिनामा सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा २० निर्जीवन बीमा कम्पनीमध्ये धेरै धेरै शिखर इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क आर्जन गरेको छ । शिखरले चैतमा २८ करोड, बैशाखमा ६ करोड र जेठमा २१ करोड गरी ५५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

यस्तै, हिमालयन जनरलले चैतमा ९ करोड, बैशाखमा ३ करोड र जेठमा २६ करोड गरि ३८ करोड बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सगरमाथा ३६ करोड, नेको, र सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क ३५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स छ। सानिमाले चैतमा १ करोड, बैशाखमा १ करोड र जेठमा २ करोड गरी कुल ४ करोड रुपैयाँ बीमाशुल्क कमाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here