भारतमा एकैदिन २२ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, १९ असार । भारतमा एकैदिन २२ हजार ४५ नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख २७ हजार २३ पुगेको छ।

नेपालसँग जोडिएका भारतीय राज्यहरु उत्तर प्रदेश र बिहारमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ।

उत्तर प्रदेशमा एकै दिन ८ सय १७ नयाँ संक्रमित थपिएका छन्। बिहारमा पनि ४ सय ७८ जना नयाँ संक्रमित थपिएका हुन्।

यता पश्चिम वंगालमा पनि ६ सय ४९ संक्रमित थपिएका छन्। असाममा ४ सय ८ नयाँ संक्रमित थपिएका छन्।

महाराष्ट्रमा ६ हजार ३ सय ३०, तामिल नाडूमा ४ हजार ३ सय ४३, कर्नाटकमा १५ सय २ र तेलङ्गनामा १२ सय १३ जना नयाँ संक्रमित थपिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here